काठमाण्डू, २४ भदौ– काठमाण्डूको नक्सालस्थित हिल्टन होटलमा जेन–जी समुहका प्रदर्शनकारीले आगजनी गरेका छन । उनीहरुले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।...
काठमाण्डू, २४ भदौ– काठमाण्डूको बानेश्वरमा जारी जेन–जी समुहको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो । सो क्रममा एक जना...
काठमाण्डू, २४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को...
काठमाण्डू, २४ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरीएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न तयारी गरीएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन । अहिले...
काठमाण्डू, २४ भदौ– जेन–जी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा जुटेका छन । हिजो (सोमबार) साँझ राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि नेपाली सेनाले संसद भवन लगायतका सरकारी संरचनाहरुको सुरक्षा गरिरहेका बेला नेपाली सेना छलफलमा जुटेको हो । नेपाली सेना गम्भीर भएको र...
काठमाण्डू, २४ भदौ– हिजो (सोमबार) देखी आन्दोलनमा रहेका जेन–जी समुहका प्रदर्शनकारीले काठमाण्डू महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय सिमा दिएका छन् । समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय...
काठमाण्डू, २४ भदौ– ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ । त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो । उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याउन लागीएको स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, २४ भदौ– काठमाण्डूको नयाँ बानेश्वरमा जेन–जी समुहका आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । कर्फ्यु आदेशका बिच बानेश्वरमा भेला भएका उनीहरुले प्रदर्शन गरिरहेका हुन् । यस्तै स्थितिलाई नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास प्रहार गरेको...
काठमाण्डू, २४ भदौ– जेन–जी समुहले ललितुरमा गरीरहेको प्रदर्शनमा प्रहरीको भ्यान जलाएका छन । ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाएका हुन । आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ। सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।...
काठमाण्डू, २४ भदौ– जेन–जी समुहले काठमाण्डूको कलङ्की क्षेत्रमा गरीरहेको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड गरेका छन् । खड्काको बुढानीलकण्ठस्थित निवासमा आन्दोनलकारी पसेर आगो लगाएका हुन् । त्यस क्रममा आन्दोलनकारीले खड्काको घरबाट लाखौं रकम बरामद गरेका छन् । खड्का निवासबाट निकालिएको पैसा आन्दोलनकारीले हावामा उडाइरहेको स्थानीयहरुले बताएका...
काठमाण्डू, २४ भदौ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द घोषणा गरेका छन । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन...