समाचार

जेन–जी समुहले लगाए कांग्रेस केन्द्रीय कार्यलय सानेपामा आगो

२०८२ भदौ २४ गते १२:३१

काठमाण्डू, २४ भदौ– सत्ता घटक दल नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा जेन–जी समुहका प्रदर्शनकारीहरुले आगोजनी र तोडफोड गरेका छन । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । लगत्तै आज बिहानबाटै प्रदर्शन...

जेनजीद्वारा राष्ट्रपति पौडेलको निजी निवासमा आजगनी

२०८२ भदौ २४ गते १२:२६

काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन् । काठमाण्डू–१६ बोहराटारस्थित पौडेल निवासमा आन्दोजनाकारीले आगो लगाएका हुन् । यसअघि प्रदर्शनकारीले बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवास, बालकोटस्थित प्रधानमन्त्री केपी ओली निवास, खुमलटारस्थित प्रचण्ड निवास, सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ निवास,...

ओलीले बोलाए सर्वदलीय बैठक

२०८२ भदौ २४ गते १२:२६

काठमाण्डू, २४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन । अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’ भनेका छन् । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण...

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

२०८२ भदौ २४ गते १२:२१

काठमाण्डू, २४ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने तयारी गरेका छन । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा...

जेनजीको आन्दोलनलाई समर्थन गर्दै खानेपानीमन्त्री यादवले दिए राजीनामा

२०८२ भदौ २४ गते १२:२०

काठमाण्डू, २४ भदौ– खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका हुन् । यादवले जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै पद छाडेको बताए । ‘प्रिय युवा भाइबहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र ऊर्जाका सुत्रधार हुनुहुन्छ...

रास्वपा सांसद् शाहद्वारा राजीनामा दिएको घोषणा

२०८२ भदौ २४ गते १२:१०

  काठमाण्डू, २४ भदौ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् असिम शाहले पदबाट राजीनामा दिएका घोषणा गरेका छन् । शाहले सामाजिक संजालमार्फत  आफूले पदबाट राजीनामा दिएको बताएका हुन् ।  ‘म असिम शाह प्रतिनिधिसभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी...

एमालेको मुख्यालय च्यासल अगाडी प्रधानमन्त्रीको राजीनामा माग्दै जेन–जीको प्रदर्शन

२०८२ भदौ २४ गते १२:०७

काठमाण्डू, २४ भदौ– सत्ता घटक दल एमालेको मुख्यालय च्यसलमा जेन–जी समुहको प्रदर्शनकारी समुहले तोडफोड र आगजनी गरेका छन । आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् । एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।...

एमालेको केन्द्रीय कार्यालयमा आगजनी

२०८२ भदौ २४ गते १२:०४

काठमाण्डू, २४ भदौ– सत्ता घटक दल एमालेको मुख्यालय च्यसलमा जेन–जी समुहको प्रदर्शनकारी समुहले तोडफोड र आगजनी गरेका छन । आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् । एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।...

कांग्रेस सभापति देउवा र रमेश लेखकको निवास तोडफोड

२०८२ भदौ २४ गते ११:५४

काठमाण्डू, २४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेको बताइएको छ । प्रदर्शनकारीले काठमाण्डूको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन्...

रमेश लेखकको घरको सामान निकालेर प्रदर्शनकारीले जलाए

२०८२ भदौ २४ गते ११:४०

काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले गृहमन्त्री रमेश लेखकको घर अगाडि आगजनी गरेका छन् । उनीहरुले लेखकको घरका सामान सडकमा निकालेर बालेका छन् । सोमबार भएको जेनजीको प्रदर्शनमा १९ युवाको मृत्यु भएको थियो । लगत्तै उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । आन्दोलनकारीले...

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा

२०८२ भदौ २४ गते ११:३७

 काठमाण्डू, २४ भदौ– युवा पुस्ताले थालेको आन्दोलनमा समर्थन जनाउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा आएकी छन । उनी घरबाट सोझै मीनभवनमा आएर सिभिल अस्पतालका घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् । ‘यो हदसम्म गएपछि सहन हुदैन भनेर उहाँ हामीसँगै गाडीमा...

जेनजीद्वारा आरजु राणाको युलेन्स स्कुल तोडफोड

२०८२ भदौ २४ गते ११:३०

काठमाण्डू, २४ भदौ– जेनजी प्रदर्शनकारीले ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा तोडफोड गरेका छन् । प्रहरीका अनुसार आन्दोलनकारीले सोमबार बिहान स्कुलमा ढुंगामुढा र तोडफोड गरेका हुन् । उक्त स्कुलकी परराष्ट्रमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us