काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलन थप चर्किने सम्भावनाका बीच सरकारले काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई खटाएको छ । परिस्थिति सरकारको नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएपछि कार्कीलाई उक्त कार्यालयको प्रमुख तोकिएको छ । सो कार्यालयले काठमाण्डू, ललितपुर र...
काठमाण्डू, २४ भदौ– सरकार नेतृत्वकर्ता दल एमालेका सचिव योगेश भट्टराईले जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी युवाहरुको ज्यान गएको विषयमा दुःख प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतान्त्रिक राज्यमा सरकार संयमित र उदार हुनुपर्ने बताए । यस्तै नागरिक जिम्मेवार हुनुपर्ने भट्टराईको भनाइ...
भक्तपुर, २४ भदौ– भक्तपुरमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बिहान साढे ८ बजेबाट अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्मको क्षेत्रमा दुई सय मिटर वरपर कर्फ्यू लगाइएको छ । यस्तै...
काठमाण्डू, २४ भदौ– स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि जेनजीले दोश्रो दिन मंगलबार बिहानैदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन थालेका छन् । बानेश्वर चोकमा जम्मा भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुका साथै ‘हाम्रा साथी फिर्ता दे सरकार’ जस्ता नारा लगाइरहेका छन्...
काठमाण्डू, २४ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डूले काठमाण्डू महानगरपालिकाका सबै क्षेत्रमा कर्फ्यु लगाएको छ । जेनजी आन्दोलनलाई लक्षित गरी प्रशासनले चक्रपथभित्रको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको हो । कर्फ्युका समयमा सार्वजनिक र निजी सवारी साधनमा रोक लगाइएको छ । तर, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शव...
काठमाण्डू, २४ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे छलफल गर्न विपक्षीको बैठक बोलाइको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार बिहान साढे ८ बजेपछि माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा...
काठमाण्डू, २४ भदौ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नियन्त्रण, सुशासनलगायत सन्दर्भमा २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् । उनले सबै भ्रष्टाचारका काण्डको छानबिन गर्न आमनागरिकले भरोसा गरेका पूर्वप्रधानन्यायाधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर...
सुनसरी, २४ भदौ– सुनसरीका स्थानीय तहहरुले मंगलबार सार्वजनिक बिदा दिएका छन् । जेनजी आन्दोलनका क्रममा सोमबार दुई प्रदर्शनकारीको मृत्यु भएको शोकमा आज बिदा दिइएको हो । जेनजी आन्दोलनका क्रममा सोमबार प्रहरीको गोलीबाट दुई युवाको ज्यान गएको थियो । मृतकमध्ये इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय...
काठमाण्डू, २४ भदौ– सरकारले बिहीबारबाट बन्द गरेको सामाजिक सञ्जालहरु गएरातिदेखि नै चल्न थालेका छन् । दर्ता गर्न अस्वीकार गरेको भन्दै मन्त्रिपरिषदले २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको चर्को विरोध भए पनि सरकार टसमस भएको थिएन । सोमबार सामाजिक सञ्जलामाथिको प्रतिबन्ध फुकुवालगायत...
काठमाण्डू, २४ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डूले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहान ८ः३० बजेबाट लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरिएको बताए । बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबिहल, नारायण गोपाल चोक,...
काठमाण्डू, २४ भदौ– सोमबार जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको क्रुर नरसंकारको निन्दा गर्दै सत्तारुढ काँग्रेस र एमाले परित्याग गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालमार्फत ती पार्टीका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरिरहेका छन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश सहसंयोजक विश्वदर्शन पराजुलीले...
काठमाण्डू, २४ भदौ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने स्पष्ट गरेका छन् । सोमबार मध्यराति मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताए । प्रतिपक्षी दलहरुले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्रीले पद...