समाचार

जेलबाटै रवि लामिछानेको अपिलः यी आतातायीहरुलाई एक मिनेट पनि सत्तामा बस्न दिइनु हुँदैन

२०८२ भदौ २४ गते ५:००

काठमाण्डू, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई आतातायीको संज्ञा दिएका छन् । नख्खु कारागारमा रहेका लामिछानेले एक अपिल जारी गर्दै जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा भएको हत्याबाट आफू स्तब्ध र विक्षिप्त भएको...

एमालेभित्रैबाट मागियो प्रधानमन्त्री ओलीको राजीनामा

२०८२ भदौ २३ गते २०:४९

काठमाण्डू, २३ भदौ- एमालेभित्रैबाट प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएको छ । केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले जेनजी आन्दोलनमा १९ जनाको ज्यान लिएको घटनाको नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा दिनुपर्ने माग गरेकी हुन् । आन्दोलनमा भएको व्यापक दमनमा १९ जनाको मृत्यु भएपछि ओलीले नैतिकताका आधारमा...

देउवाले भनेको ओलीले टरेनन्, सामाजिक सञ्जालबारे भएन निर्णय

२०८२ भदौ २३ गते २०:३८

काठमाण्डू, २३ भदौ– प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् । सोमबार साँझ अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा काँग्रेसका मन्त्रीहरुले उक्त निर्णय फिर्ता लिनुपर्ने बताएका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनताको भावनामा ठेस पुगेकाले सामाजिक सञ्जाल खुलाउनुपर्ने बताएका थिए । जनताले...

गृहमन्त्री लेखकले दिए राजीनामा

२०८२ भदौ २३ गते २०:२१

काठमाण्डू, २३ भदौ– गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार काठमाण्डूको बानेश्वर क्षेत्रमा भएको जेनजी आन्दोलनमा भएको नरसंहारको नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएका हुन् । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन् । त्यसअघि...

ओलीलाई देउवाको फोनः सामाजिक सञ्जाल आजै खोल्ने निर्णय गर्नुस्

२०८२ भदौ २३ गते १९:५७

काठमाण्डू, २३ भदौ– प्रमुख सत्तारूढ घटक नेपाली कांग्रेसले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय लिन भनेका हुन् । देउवाले सोमबारकै मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय...

गृहमन्त्री लेखकले राजीनामा दिने

२०८२ भदौ २३ गते १९:३३

काठमाण्डू, २३ भदौ– गृहमन्त्री रमेश लेखकले पलबाट राजीनामा दिने भएका छन् । सोमबार काठमाण्डूको बानेश्वर क्षेत्रमा भएको जेनजी आन्दोलनमा भएको नरसंहारमा दोषी रहेको भन्दै पार्टीभित्र र बाहिरबाट लेखकको राजीनामा मागिएको थियो । काँग्रेसका एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठ बोलाएर लेखकलाई...

जेन–जी प्रदर्शनः १८ जनाको मृत्यु, २५६ जना घाइतेको

२०८२ भदौ २३ गते १८:४९

काठमाण्डू, २३ भदौ– आज (सोमबार) जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन । काठमाण्डूमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक...

इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु

२०८२ भदौ २३ गते १७:५६

काठमाण्डू, २३ भदौ– सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । सरकाले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएका थिए । अस्पताल स्रोतका अनुसार गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो...

वीरगञ्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

२०८२ भदौ २३ गते १७:५२

काठमाण्डू, २३ भदौ– वीरगञ्जस्थित रजतजयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ । भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल–भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन । पर्साका प्रहरी...

इटहरी उपमहानगरको कार्यालयमा जेनजीले लगाइदिए आगो

२०८२ भदौ २३ गते १७:४१

काठमाण्डू, २३ भदौ– सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाएका छन । सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व...

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार गरेको दावी

२०८२ भदौ २३ गते १७:३४

काठमाण्डू, २३ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । यस्तै सरकारले नरस‌ंहार गरेको समेत माओवादीको दाबी छ । ‘जनतासँग माओवादीस् मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष...

एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

२०८२ भदौ २३ गते १७:०९

काठमाण्डू, २३ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us