काठमाण्डू, २४ भदौ– जेनजी आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आगजनी गरेका छन् ।
मंगलबार अपराह्नमा प्रदर्शनकारीको समूहले शीतल निवासमा आगजनी गरेको हो । नेपाली सेनाले राष्ट्रपति पौडेललाई सुरक्षित स्थानमा सारेको छ ।
श्रोतका अनुसार सैनिक हेलिकोप्टरबाट उनलाई नेपाली सेनाको मुख्यालय भद्रकाली लगिएको छ ।
प्रदर्शनकारीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संघीय संसदभवन, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाण्डू जिल्ला अदालत, जिल्ला सरकारी वकिल र विशेष सरकारी वकिल कार्यालय, सडक विभाग, प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आगो लगाएका छन् ।