जेलमा रहेका रवि छुटाउन रास्वपा नेताहरू पुगे नख्खुमा

काठमाण्डु टुडे २०८२ भदौ २४ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, २४ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागारमा पुगेका छन ।

केही सांसदहरुले राजीनामा घोषणा गर्दै सभापति लामिछानेलाई छुटाउन उनीहरु नख्खु पुगेका हुन् । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

उनलाई सरकारले भैरहवा कारागारबाट केही साताअघिमात्र ललितपुर ल्याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us