समाचार

सीमा विवादबारे प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छः एमाले

२०८३ असार १४ गते १२:४५

काठमाण्डू, १४ असार– प्रतिपक्षी दल एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने अडान लिएको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कंडेलले भने,...

संघीयता खारेज गर्न खोजिए मधेसी जनता साथमा लिएर प्रतिकारमा उत्रन्छौंः उपेन्द्र 

२०८३ असार १३ गते १९:११

काठमाण्डु–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता मास्ने कोसिस भए मधेसी जनता प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । मधेस प्रदेशका प्रतिनिधिसभा सदस्य उम्मेदवारसँग शनिबार जनकपुरमा आयोजित अन्तरक्रियामा यादवले प्रदेश खारेज गर्न खोजिए स्वीकार्य नहुने बताए । रास्वपाको चितवनमा सम्मन्न प्रथम महाधिवेशनको प्रतिवेदनमा...

जनकपुरको थापा चोकबाट पेस्तोलसहित दुई युवक पक्राउ

२०८३ असार १३ गते १७:१०

काठमाण्डु– प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–९ थापा चोकबाट पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधीर मुखिया छन् । उनीहरुलाई शनिबार दिउँसो करिब एक बजेतिर थापा होटलबाट पक्राउ...

रास्वपा पतन हुन्छः राजेन्द्र लिङदेन

२०८३ असार १३ गते १७:०३

काठमाण्डु–राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन् । राजधानीमा शनिबार अगुवा नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले रास्वपाको पतन निश्चित भएको बताए । उनले रास्वपाको पतनपछि विकल्पमा राप्रपा अगाडि आउने दाबी गरे । राप्रपालाई वैकल्पिक...

गाउँपालिकाको बजेट ल्याउन छाडेर रास्वपाको महाधिवेशनमा गएका गिरीसँग नेकपाले माग्यो स्पष्टीकरण

२०८३ असार १३ गते १५:४५

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सहभागी भएको खुलासा भएको छ । तत्कालीन माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष जितेका गिरी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा छन् । नेकपाको सुदूरपश्चिम प्रदेश समितिले उनीसँग २४ घण्टे स्पष्टीकरण...

ज्ञानबहादुर शाहीलाई लिङदेनको चेतावनीः ३६ वर्षको हुने बित्तिकै सबै बालेन हुँदैनन्

२०८३ असार १३ गते १५:२२

काठमाण्डु– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि नेतृत्व छाड्न दबाब दिने युवा नेताहरुप्रति आक्रोश पोखेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उमेर कम हुँदैमा नेतृत्व क्षमता हुन्छ भन्ने ठान्नु गलत रहेको बताए । उमेर मात्र सबै थोक भएको उनको भनाइ थियो । लिङदेनले...

होल्डिङ सेन्टरका सुकुमवासीले प्रदर्शन गर्दै

२०८३ असार १३ गते १४:०४

काठमाण्डू, १३ असार– सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेका सुकुमवासीहरूले आज (शनिबार) प्रदर्शन गर्ने भएका छन् । सरकारले ‘होल्डिङ सेन्टर’ खाली गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै उनीहरुले प्रदर्शन गर्न लागेको हुन् । उनीहरूले दिउँसो २ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालिने तयारी गरेका...

गुण्डागर्दी पृष्ठभूमिका काँग्रेस नेता अभिषेक गिरी पक्राउ

२०८३ असार १३ गते ११:३७

विराटनगर– गुण्डागर्दी पृष्ठभूमिका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरीलाई प्रहरीले शनिबार बिहान विराटनगर–१० स्थित निवासबाट पक्राउ गरेको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार मिश्रले गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको सूचनाका आधारमा पक्राउ गरिएको बताए । यद्यपि खानतलासीका क्रममा हतियार...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु आरोपी पक्राउ

२०८३ असार १३ गते ११:०७

काठमाडौं- भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको आफ्नै छोरा २४ वर्षीय किरण चौधरीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।...

एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

२०८३ असार १३ गते ७:५६

काठमाडौं-अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ शेर्पालाई नियन्त्रणमा लिएको हो । सिआइबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीसँग...

विद्यालयबाट घर फर्किरहेका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

२०८३ असार १३ गते ७:५०

काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका बेला भारतमा दर्ता भएको कारले ठक्कर दिँदा स्थानीय ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय...

गुटबन्दी र टिके प्रथा रोक्न चुनाव लडें: मनीष झा

२०८३ असार १२ गते २२:४५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा पराजित  नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र टिके प्रथा मौलाउन नदिन आफूले चुनावी प्रतिस्पर्धा रोजेको बताएका छन् । महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि सामाजिक सञ्जालमार्फत झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us