काठमाण्डू, ४ असार– बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मकवानपुर मनहरि घर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको...
काठमाण्डू, ४ असार– सप्तरीबाट बसमा चढेर काठमाण्डू आउँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर...
काठमाण्डू, ४ असार– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन । बुधवार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा...
काठमाण्डू, ४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा असार ६ गते सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ...
काठमाण्डू, ४ असार– मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट आजै नेपाल ल्याउने तयारी गरीएको छ । आरोपी भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिश जारी भएको थियो । भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका छन् । बुधवार राति सिंगापुर एयरलाइन्सको उडानमार्फत...
काठमाण्डू, ४ असार– प्रहरीले यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डू महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३...
काठमाण्डू, ४ असार– उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नर्गन सबैलाई आग्रह गरेका छन । आज (बुधबार) एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे...
काठमाण्डू, ४ असार– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन । यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर...
काठमाण्डू, ४ असार– मानव अधिकार तथा शान्ति समाजले इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै आज (बुधबार) काठमाण्डूमा प्रदर्शन गरेको छ । इजरायली दूतावास अगाडि समाजले बुधबार बिहान प्रदर्शन गरेको हो । युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा...
काठमाण्डू, ४ असार– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ । उक्त रेडपाण्डाको शनिबार चिडियाखानाभित्रै मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकृतले जानकारी दिएका छन । ‘चिडियाखानाभित्र रहेको अस्पतालमै मृत्यु भएको छ, पोष्टमार्टमको रिपोर्ट...
काठमाण्डू, ४ असार– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको...
काठमाण्डू, ४ असार– कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि पक्राउ परेका छन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । तत्कालीन वित्त प्रमुख ठकुरीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए ।...