समाचार

तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

२०८२ असार ४ गते १६:५४

काठमाण्डू, ४ असार– जिल्ला अदालत काठमाण्डू गत चैत १५ गते तीनकुनेमा क्षेत्रमा राजावादी समुहले गरेको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त...

बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु

२०८२ असार ४ गते १६:४५

काठमाण्डू, ४ असार– बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मकवानपुर मनहरि घर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको...

सप्तरीबाट बस चढेर काठमाण्डू आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

२०८२ असार ४ गते १६:२८

काठमाण्डू, ४ असार– सप्तरीबाट बसमा चढेर काठमाण्डू आउँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर...

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ: उपाध्यक्ष पौडेल

२०८२ असार ४ गते १६:२१

काठमाण्डू, ४ असार– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन । बुधवार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा...

प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

२०८२ असार ४ गते १६:०४

काठमाण्डू, ४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा असार ६ गते सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ...

ज्योति भण्डारीलाई कम्बोडियाबाट आज काठमाण्डू ल्याइँदै

२०८२ असार ४ गते १५:३६

काठमाण्डू, ४ असार– मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट आजै नेपाल ल्याउने तयारी गरीएको छ । आरोपी भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिश जारी भएको थियो । भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका छन् । बुधवार राति सिंगापुर एयरलाइन्सको उडानमार्फत...

यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ

२०८२ असार ४ गते १५:१६

काठमाण्डू, ४ असार– प्रहरीले यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डू महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३...

धोएको मुला जस्तो पार्टी भेटिँदैनः उपाध्यक्ष पौडेल

२०८२ असार ४ गते १५:०६

काठमाण्डू, ४ असार– उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नर्गन सबैलाई आग्रह गरेका छन । आज (बुधबार) एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पौडेलले विधान महाधिवेशन नै नभइ नेतृत्वबारे...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

२०८२ असार ४ गते १५:०१

काठमाण्डू, ४ असार– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन । यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर...

इजरायल–इरानबीचको युद्ध रोक्न माग गर्दै काठमाण्डूमा प्रदर्शन

२०८२ असार ४ गते १४:५१

काठमाण्डू, ४ असार– मानव अधिकार तथा शान्ति समाजले इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै आज (बुधबार) काठमाण्डूमा प्रदर्शन गरेको छ । इजरायली दूतावास अगाडि समाजले बुधबार बिहान प्रदर्शन गरेको हो । युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा...

चिडियाखानाबाट दुईपटक चोरी प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु

२०८२ असार ४ गते १३:३८

काठमाण्डू, ४ असार– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ । उक्त रेडपाण्डाको शनिबार चिडियाखानाभित्रै मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकृतले जानकारी दिएका छन । ‘चिडियाखानाभित्र रहेको अस्पतालमै मृत्यु भएको छ, पोष्टमार्टमको रिपोर्ट...

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

२०८२ असार ४ गते १३:३४

काठमाण्डू, ४ असार– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us