काठमाण्डू, १२ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेश अन्तर्गत पदाधिकारी छान्न मतदान सुरु भएको छ ।
चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन भएको हो। रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन् ।
महामन्त्रीमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् ।
महिला सहमहामन्त्रीको काटोमा जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।