समाचार

रञ्जु दर्शनाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

२०८३ असार ११ गते २२:४३

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा रञ्जु दर्शनाले महामन्त्रीमा उम्मेदवारी दिएकी छन् । केन्द्रीय सदस्यको निर्वाचन परिणााम सार्वजनिक भएलगत्तै दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुँदैछन । सामाजिक सञ्जाल फेसबुकमार्फत रञ्जुले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् । रञ्जु गत फागुनको निर्वाचनअघि विवेकशील साझा पार्टीबाट समायोजनपछि रास्वपा...

रास्वपामा स्वर्णिमलाई सर्वाधिक मत, कसले कति मत पाए ?

२०८३ असार ११ गते २२:३६

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ९९ सय जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार साँझ मतपरिणाम सार्वजनिक गरेको हो । केन्द्रीय सदस्य चयनका लागि बुधबार मध्यरातिबाट निर्वाचन भएको थियो । खुलातर्फ ६४ सदस्यका लागि...

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रको अस्थायी बेस

२०८३ असार ११ गते १८:२०

काठमाण्डु– सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा ६, मधेशमा...

सशस्त्रले सीमा क्षेत्रमा सादा पोशाकमा बीआईटी परिचालन गर्ने

२०८३ असार ११ गते १८:१५

काठमाण्डु– सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले पहिलो चरणमा पाइलट प्रोेजेक्टका रुपमा मुख्य नाकाहरुमा बीआईटी परिचालनको तयारी भएको जानकारी दिए । बलको मुख्यालय हल्चोकमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महानिरीक्षक पौडेलले उक्त...

विपिनलाई महामन्त्री बनाउन कवीन्द्रलाई क्याबिनेट पठाउने रविको प्रस्ताव, प्रतिभाले मन्त्री छोडे उपसभापतिको अफर

२०८३ असार ११ गते १७:३८

काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पदाधिकारी चयनमा सहमतिको लागी प्रयास गरिरहेका छन् । उक्त प्रयासमा केही नयाँ प्रस्तावमाथि छलफल भइरहेको बताइएको छ । रास्वपा उच्च स्रोतका अनुसार पदाधिकारीका आंकाक्षीलाई मन्त्री सेट गर्ने आश्वासन पनि लामिछानेले दिइरहेका बुझिएको छ ।...

रास्वपाको नयाँ कार्यतालिका सार्वजनिक, पदाधिकारीको चुनाव सवा ९ बाट

२०८३ असार ११ गते १७:३६

काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ । प्रवासबाहेक पहिलो चरणको निर्वाचन गरेको रास्वपाको निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजानिक गरेको हो । पहिलो चरणको निर्वाचनको परिणाम अझै घोषणा गर्न नसकेको रास्वपाले दोस्रो चरणको निर्वाचनको कार्यतालिका पनि...

कक्षा १२ को रिजल्ट हतारमा ननिकालिएको शिक्षामन्त्रीको भनाइ, भेरिफिकेसन गर्न समिति गठन

२०८३ असार ११ गते १७:०१

काठमाण्डू, ११ असार– शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जानकारी गराएका छन । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने...

ज्वाला संग्रौलाले दिइन् निर्वाचन आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानविन माग

२०८३ असार ११ गते १६:५२

काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेतृ ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् । यस विषयमा यथासिघ्र अनुसन्धान हुनुपर्ने उनले माग गरेकी छन । महाधिवेशनमा नेतृत्व...

काठमाण्डूको शोभाभगवती पार्कमा एक पुरुष मृत फेला

२०८३ असार ११ गते १६:३५

काठमाण्डू, ११ असार– काठमाण्डूको शोभाभगवतीमा एक पुरुषको शव भेटिएको छ । काठमाण्डू महानगरपालिका–१५ शोभाभगवतीस्थित शोभाभगवती पार्कमा शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ४२ वर्षीय बिमल कार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको...

रास्वपा महाधिवेशनको बेथिति हेर्दा हामीले देश चलाउन सक्दैनौंः रास्वपा सांसद रेग्मी

२०८३ असार ११ गते १६:३०

काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सांसदसमेत रहेका केन्द्रीय सदस्यका उम्मेदवार धनञ्जय रेग्मीले महाधिवेशनको बेथिति हेर्दा रास्वपाले देश चलाउन नसक्ने देखिएको दाबी गरेका छन । ३ दिने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू चितवन आए पनि महाधिवेशन लम्बिएर ५ दिन पुगिसकेको उल्लेख गर्दै...

भिरबाट खसेको ढुंगा लागेर डोजर चालकको मृत्यु

२०८३ असार ११ गते १६:२१

काठमाण्डू, ११ असार– कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ । भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । निजको घटनास्थलमा मृत्यु भएको हो...

सुकुमवासीको पत्रः उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्छौं

२०८३ असार ११ गते १६:१४

काठमाण्डू, ११ असार– सरकारले स्थायी व्यवस्थापनको विकल्प नदिई राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती निकाल्न खोजेको भन्दै सुकुमवासीहरुले आपत्ति जनाएका छन । दुई महिनाअघि असुरक्षित बस्ती हटाउने र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरहरुमा ल्याएर राखेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us