रवि लामिछानेलाई मनिष झाको आग्रहः गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्नुस्

काठमाण्डु टुडे २०८३ असार १२ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, १२ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको बताएका छन् ।

गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न पनि उनले सभापति रवि लामिछानेलाई अनुरोध समेत गरेका छन । आज (शुक्रबार) महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’

अहिलेसम्म मतदाताको रेस्पोन्स आफूप्रति सकारात्मक पाएको भन्दै उनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास समेत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us