समाचार

सडक बालबालिका अन्त्यको काम मैले गरेको हुँः ओली

२०८२ माघ २६ गते १५:४३

झापा, २६ माघ–एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएका बेला आफूले बालबालिकालाई सडकमा बस्नुपर्ने अवस्था अन्त्य गरेको दाबी गरेका छन् । मतदातासँग भोट माग्ने क्रममा सोमबार ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सडक बालबालिकाको अन्त्य गरेको बताए । आफूले मुलुकका लागि धेरै योगदान दिएको दाबी उनको थियो ।...

जसले बुहारीलाई मट्टितेल खन्याएर जिउँदै जलाउन खोजिन्…

२०८२ माघ २६ गते १५:३५

नवलपरासी, २६ माघ– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ पट्खौलीमा सासुले बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेकी छन् । ५० वर्षीया कमली देवी हरिजनले बुहारी २७ वर्षीया शर्मिला हरिजनलाई जलाएर हत्या प्रयास गरेकी हुन् । नवलपरासी प्रहरी प्रव क्ता डिएसपी वीरदत्त पन्तका अनुसार कमलीदेवीले शनिबार...

रास्वपाको दुई तिहाईको सरकार बन्छः रवि लामिछाने

२०८२ माघ २६ गते १३:५७

रुपन्देही, २६ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनमा हुने निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । रूपन्देहीमा सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपालाई दुई तिहाई ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । लामिछानेले देशमा...

नेपालमा सामाजिक सञ्जालमार्फत साम्राज्यवादी प्रभाव बढ्योः प्रचण्ड

२०८२ माघ २६ गते १३:४९

काठमाण्डू, २६ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भू–राजनीतिक प्रभाव बढ्दै गएको दाबी गरेका छन् । सोमबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न देशमा चलखेल गरिरहेको साम्राज्यवादी प्रभाव नेपाली राजनीतिमा पनि देखिन थालेको बताए । साम्रज्यवादले सामाजिक सञ्जालमा...

अष्ट्रेलियामा घरभित्रै कार पस्दा एक नेपालीको मृत्यु

२०८२ माघ २६ गते १३:३४

काठमाण्डू, २६ माघ–अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ५३ वर्षीया विष्णुकुमारी गुरूङ छिन् । पर्थस्थित घरमा सुथशुक्रबार राति सुतिरहेका बेला अनियन्त्रित कार घरभित्रै छिरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । छोरी भेट्न उनी...

विकासका बाधक तीन दर्जन कानून खारेज वा संशोधन गरिन्छः गगन थापा

२०८२ माघ २६ गते १२:०८

काठमाण्डू, २६ माघ–कांग्रेस सभापति गगन थापाले विकास निर्माणमा बाधक देखिएका तीन दर्जन बढी कानून खारेज गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले २१ फागुनको निर्वाचनपछि बन्ने संसदले विकास पूर्वाधारमा ढिलासुस्तीमा जिम्मेवार कानून खारेज गर्ने प्रतिबद्धता जनाए ।...

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२०८२ माघ २६ गते ७:४३

काठमाण्डू, २६ माघ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण सोमबार बिहान तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम...

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

२०८२ माघ २५ गते २१:४२

काठमाण्डू, २५ माघ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । ब्युरोका एसपी दीपकराज अवस्थीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले प्रसाईंलाई हाजिर जमानीमा छाडेको जानकारी दिए । निर्वाचन बिथोल्ने प्रयास गरेको तथा निर्वाचन...

रेशम चौधरी उम्मेदवार बन्न नपाउने, सर्वोच्चले के भन्यो ?

२०८२ माघ २५ गते १९:०२

काठमाण्डू, २५ माघ– सर्वोच्च अदालतले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अरु मुद्दा पनि विचाराधीन...

पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुनुपर्दैन: गगन थापा

२०८२ माघ २५ गते १६:२५

काठमाण्डू, २५ माघ– कांग्रेस सभापति गगन थापाले पैसा नभएका कारण कोही पनि नेपाली नागरिक उपचारबाट बञ्चित हुनुनपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले स्वास्थ्य बीमामा सुधार गरेर हरेक नागरिकलाई समेट्ने संकल्प व्यक्त गरेका छन् । प्रत्येक नेपालीको स्वास्थ्य बिमा हुनुपर्ने भन्दै सभापति थापाले नत्र...

जेनजी आन्दोलनमा जेलबाट भागेका कैदीले गरे बालेनको घरमा चोरी, तीन जना पक्राउ

२०८२ माघ २५ गते १५:३७

काठमाण्डू, २५ माघ– काठमाण्डू महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) को घरमा तोडफोड र चोरी गर्ने समूहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डू बालाजु हाइटका ४२ वर्षीय मनिष राजवहाक,सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पड्कुका ४६ वर्षीय खिमबहादुर...

सरकारले दुर्गा प्रसाईंमाथि ज्यादती ग-योः लिङदेन

२०८२ माघ २५ गते १५:२२

काठमाण्डू, २५ माघ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले दुःख दिएको आरोप लगाएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले प्रसाईंलाई सरकारले अनाहकमा दुःख दिएको बताए । संविधानले अभिव्यक्ति राख्न, भेला हुन तथा हिँड्डुल गर्न स्वतन्त्रता प्रदान गरेको भन्दै उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us