पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुनुपर्दैन: गगन थापा

काठमाण्डु टुडे २०८२ माघ २५ गते १६:२५ मा प्रकाशित

काठमाण्डू, २५ माघ– कांग्रेस सभापति गगन थापाले पैसा नभएका कारण कोही पनि नेपाली नागरिक उपचारबाट बञ्चित हुनुनपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले स्वास्थ्य बीमामा सुधार गरेर हरेक नागरिकलाई समेट्ने संकल्प व्यक्त गरेका छन् ।

प्रत्येक नेपालीको स्वास्थ्य बिमा हुनुपर्ने भन्दै सभापति थापाले नत्र उक्त कार्यक्रम नचल्ने पनि स्पष्ट गरे ।

बीमा कार्यक्रम चलाउन आफूले प्रशस्त अध्ययन गरेर तयारी गरेको सभापति थापाको भनाइ थियो ।

सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एक मात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us