नेपालमा सामाजिक सञ्जालमार्फत साम्राज्यवादी प्रभाव बढ्योः प्रचण्ड

काठमाण्डु टुडे २०८२ माघ २६ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, २६ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भू–राजनीतिक प्रभाव बढ्दै गएको दाबी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न देशमा चलखेल गरिरहेको साम्राज्यवादी प्रभाव नेपाली राजनीतिमा पनि देखिन थालेको बताए ।

साम्रज्यवादले सामाजिक सञ्जालमा स्टन्ट गरेर आफ्नो प्रभाव विस्तार गरिरहेको उनको भनाइ थियो ।

प्रचण्डले नेपालमा विचार, राजनीति, सिद्धान्त र इतिहास, नभएका लोकप्रियतावादीहरु सामाजिक सञ्जालका भरमा अघि बढ्न खोजेको उनले उल्लेख गरे । उक्त प्रवृत्तिको प्रतिवादमा उत्रन उनको जनतालाई अपिल समेत गरे ।

फरक प्रसंगमा उनले सुशासन र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचार र सामाजिक विभेदविरुद्धको अभियानमा नेकपा रहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us