काठमाण्डू, २५ माघ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले दुःख दिएको आरोप लगाएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले प्रसाईंलाई सरकारले अनाहकमा दुःख दिएको बताए । संविधानले अभिव्यक्ति राख्न, भेला हुन तथा हिँड्डुल गर्न स्वतन्त्रता प्रदान गरेको भन्दै उनले...
काठमाण्डू, २५ माघ– एमाले नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ गडबडी हुन सक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिक बजारमा फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेको आशंका व्याप्त भएको बताएका हुन् । त्यसले नेपाली राजनीतिमा नयाँ संकट निम्तिन सक्ने दाबी उनको...
काठमाण्डू, २५ माघ– कांग्रेसले प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्न नपाइने गरी निर्वाचन परिचालन निर्देशिका ल्याएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पारित गरेको निर्वाचन परिचालन निर्देशिका–२०८२ मा अन्य दलका उम्मेदवारलाई गाली गर्न नपाइने उल्लेख छ । प्रतिस्पर्धी पार्टी तथा उम्मेदवारबारे स्वस्थ टिप्पणी...
काठमाण्डू, २५ माघ– सरकारले (आइतबार) देखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा...
कञ्चनपुर, २५ माघ– कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया...
खोटाङ, २५ माघ–खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ...
बर्दिया, २५ माघ– बर्दिया सदरमुकाम गुलरियामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । गुलरिया नगरपालिका–५ मा रहेको सिंचाइ डिभिजन कार्यालय पछाडि सोमबार शंकास्पद वस्तु फेला परेको थियो । झाडी सफा गर्ने क्रममा उक्त शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । सेनाको...
काठमाण्डू, २५ माघ– मतदातालाई कसलाई भोट दिनुहुन्छ भन्दै प्रतिक्रिया लिएर सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा प्रसारण गर्न नपाइने भएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाण्डूले मतदाताको गोपनियता भंग हुने गरी कसलाई मत दिनुहुन्छ भनेर सोध्न नपाइने स्पष्ट गरेको हो । मतदाताको गोपनियता भंग...
काठमाण्डू, २४ माघ– गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्त ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन । आज (शनिबार) निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकार प्रवक्ता अर्यालले यस्तो बताएका हुन ।...
काठमाण्डू, २४ माघ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ । मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो । यससँगै कोइलाखानी विस्फोटमा ज्यान...
काठमाण्डू, २४ माघ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा एक कार्यक्रममा बोल्दै बताएका छन । भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र...
काठमाण्डू, २४ माघ– भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई पक्राउ गरीएको छ । हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामाको घरको कोठाबाट बरामद गरीएको जिल्ला प्रहरी कार्यालय हुम्लालेले जानकारी दिएको छ । भरूवा बन्दुक र जंगली जनावरको...