काठमाण्डू, २५ माघ– मतदातालाई कसलाई भोट दिनुहुन्छ भन्दै प्रतिक्रिया लिएर सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा प्रसारण गर्न नपाइने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाण्डूले मतदाताको गोपनियता भंग हुने गरी कसलाई मत दिनुहुन्छ भनेर सोध्न नपाइने स्पष्ट गरेको हो । मतदाताको गोपनियता भंग गराउने उक्त कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले त्यसो नगर्न पनि कार्यालयले भनेको छ
उक्त कार्य गरेको पाइए निर्वाचन आचारसंहिता, २०८२ को दफा (४) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।
आचारसंहिताको व्यवस्था पालनाका लागि पटकपटक छलफल, अन्तरक्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको भए पनि राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको निर्वाचन कार्यालयले जनाएको छ ।