भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

काठमाण्डु टुडे २०८२ माघ २४ गते १८:२७ मा प्रकाशित

काठमाण्डू, २४ माघ– गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्त ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन ।

आज (शनिबार) निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकार प्रवक्ता अर्यालले यस्तो बताएका हुन ।

उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन गृहमन्त्री अर्यालले भने । गृहमन्त्री अर्यालले भने, ‘वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ ।

मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ, देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने । मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us