भारतको मेघालय कोइलाखानी विस्फोटमा थप एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८२ माघ २४ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, २४ माघ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ । मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो ।

यससँगै कोइलाखानी विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ । माघ २२ गतेको डाइनामाइट विष्फोटमा बराहपोखरी सालघारीका एकैघरका दाई २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाई २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको थियो ।

गम्भीर घाइते नरबहादुरको उत्तरपुर्वी इन्दिरागान्धी क्षेत्रीय स्वास्थ्य तथा चिकित्सा विज्ञान संस्थानमा उपचारको क्रममा माघ २३ गते दिउँसो मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us