नवलपरासी, २६ माघ– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ पट्खौलीमा सासुले बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेकी छन् ।
५० वर्षीया कमली देवी हरिजनले बुहारी २७ वर्षीया शर्मिला हरिजनलाई जलाएर हत्या प्रयास गरेकी हुन् ।
नवलपरासी प्रहरी प्रव क्ता डिएसपी वीरदत्त पन्तका अनुसार कमलीदेवीले शनिबार राति शर्मिलालाई मट्टितेल खन्याएर जलाउने प्रयास गरेकी थिइन् ।
शर्मिलाले कमलीसहित विष्णु हरिजन र गजेन्द्र हरिजनविरुद्ध जाहेरी दिएकी थिइन् ।
कमलीलाई पक्राउ गरिए पनि विष्णु र गजेन्द्र फरार छन् । पीडित शर्मिलाका श्रीमान अष्ट्रेलिया छन् ।
सासुले आफूमाथि पटकपटक शारीरिक र मानसिक हिंसा गरेको शर्मिलाले बताएकी छन् ।