सडक बालबालिका अन्त्यको काम मैले गरेको हुँः ओली

काठमाण्डु टुडे २०८२ माघ २६ गते १५:४३ मा प्रकाशित

झापा, २६ माघ–एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएका बेला आफूले बालबालिकालाई सडकमा बस्नुपर्ने अवस्था अन्त्य गरेको दाबी गरेका छन् ।

मतदातासँग भोट माग्ने क्रममा सोमबार ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सडक बालबालिकाको अन्त्य गरेको बताए । आफूले मुलुकका लागि धेरै योगदान दिएको दाबी उनको थियो ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् । काठमाण्डू महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह बालेन ओलीसँग प्रतिस्पर्धा गर्न गएपछि त्यहाँको निर्वाचन चासो र चर्चाको केन्द्रमा छ ।

ओलीले तत्कालीन एमाले अध्यक्ष महनमोहन अधिकारी नेतृत्वको सरकारले ०५१ सालमा मासिक १ सय रुपैयाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता बढाएर आफूले ४ हजार पु¥याएको दाबी गरे ।

फरक प्रसंगमा उनले अहिलेको सरकार आएपछि अर्थतन्त्र संकटको अवस्थामा रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us