जेनजी आन्दोलनमा जेलबाट भागेका कैदीले गरे बालेनको घरमा चोरी, तीन जना पक्राउ

काठमाण्डु टुडे २०८२ माघ २५ गते १५:३७ मा प्रकाशित

काठमाण्डू, २५ माघ– काठमाण्डू महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) को घरमा तोडफोड र चोरी गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डू बालाजु हाइटका ४२ वर्षीय मनिष राजवहाक,सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पड्कुका ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटी दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन् ।

चोरीका सामानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पक्राउ परेकाहको साथबाट ल्यापटप र भिडियो रेकर्डरसहितका सामान बरामद गरिएको बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरु जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा नख्खु कारागारबाट फरार भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us