काठमाण्डू, २१ पुस– भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन । आफ्नै कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुले जानकारी दिएका छन । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण हुन् भन्ने...
झापा, २१ पुस– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रञ्जित तामाङले काँग्रेस र एमालेसँग आफूहरुले चुनावी गठबन्धन गर्ने चर्चामा सत्यता नरहेको बताएका छन् । गृहजिल्ला झापाको गौरीगञ्जमा सोमबार आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै भ्रष्टाचारले दङदङी गन्हाएकाहरुसँग चुनावी गठबन्धन नहुने दाबी गरे...
काठमाण्डू, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी पुनः दोहोर्याएका छन् । दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संयोजक प्रचण्डले यस्तो बताएका...
काठमाण्डू, २१ पुस– आगामी ११ माधमा हुने राष्ट्रियसभा निर्वाचनमा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो । तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय...
काठमाण्डू, २१ पुस– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गराएका छन । आज (सोमबार) कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा जारी बैठकमा कार्यवाहक सभापति खड्काले यसबारे ब्रिफिङ गराएका हुन । आइतबार...
काठमाण्डू, २१ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा जारी छ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित...
काठमाण्डू, २१ पुस– एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन । सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा बस्ने उनले जानकारी दिएका छन ।...
काठमाण्डू, २१ पुस– गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो आवाश्यक रहेको बताएका छन । आज (सोमबार) गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत...
काठमाण्डू, २१ पुस– कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको खुलासा गरेका छन । आज (सोमबार) सञ्चारकर्मीहरुसँगको कुराकानीमा कांग्रेस नेता सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको पनि बताएका छन । उनले भने, ‘राष्ट्रिय सभामा रणनितीक...
काठमाण्डू, २१ पुस– जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेलगत्तै वीरगञ्जमा प्रहरी र हिन्दुवादी सङ्गठनबिच झडप भएको छ । प्रशासनले सोमबार दिउँसो १ बजेदेखि महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरे तापनि प्रदर्शनकारीले त्यसलाई बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो...
काठमाण्डू, २१ पुस– पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी भएको छ । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल,...
काठमाण्डू, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो । आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज...