काठमाण्डू, १० फागुन- विशेष अदालतले पोखराको लिचीबारे घूस प्रकरणमा मुछिएकी तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेषका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आइतबार आदेश दिएको हो । विशेषका प्रवक्ता कृष्णशरण लामिछानेले श्रेष्ठ ५ लाख धरौटी रकम बुझाएर तारेखमा रिहा भएको जानकारी दिए ।
पोखरा महानगरपालिका १६ स्थित लिचीबारीको जग्गा व्यक्तिको नाममा पास गर्न घूस डिल गरेको अडियो सार्वजनिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत २२ असोजमा रञ्जिता र अर्का पूर्वमन्त्री राजकुमार गुप्तासहित ७ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको दर्ता थियो ।
विशेष अदालतले गत १६ पुसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि एमाले नेता एवं तत्कालीन मन्त्री राजकुमार गुप्ता भने पुर्पक्षका लागि थुनामा छन् ।