काठमाण्डू, ११ फागुन– पोखराबाट काठमाण्डू आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत समेत भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा ग–२ ख १२३१ नम्बरको दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।
गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय समेत गरेको छ ।