समाचार

रास्वपा चुनाव परिचालन कमिटी सदस्य आचार्यद्वारा पार्टी परित्याग

२०८२ फागुन १० गते १४:२६

विदुर, १० फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोट निवासी आचार्य स्थापनाकालदेखि नै रास्वपामा सक्रिय थिए । उनी रास्वपाको केन्द्रीय वित्त (मौद्रिक एवं पुँजीबजार) विभाग सदस्य थिए । आचार्यलाई रास्वपाले केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्यको...

रास्वपा सानो भाँडोमा चर्को आगो लगाएको दूधजस्तै भुलुक्क उम्लिएको होः ओली

२०८२ फागुन १० गते १४:०२

काठमाण्डू, १० फागुन– एमाले अध्यक्ष केपी ओलीले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन स्थगनको षड्यन्त्र भइरहेको दाबी गरेका छन् । झापाको दमकमा सोमबार आयोजित एक कार्यक्रममा ओलीले निर्वाचन तयारीमा राज्य कोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेकाले कुनै पनि अवस्थामा पूर्वनिर्धारित समयमै निर्वाचन हुनुपर्ने बताए । एमालेले...

रानीवारिबाट १८ तोला सुन चोरी

२०८२ फागुन १० गते १३:५५

काठमाण्डू, १० फागुन– काठमाण्डू महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ । रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर...

गौरको तनाव रोक्न २३ जना पक्राउ

२०८२ फागुन १० गते १३:४४

काठमाण्डू, १० फागुन– प्रहरीले गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ ।साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिनेश...

भ्रममा नपरे हुन्छ, तोकिएकै मितिमा चुनाव हुन्छः निर्वाचन आयोग

२०८२ फागुन १० गते १३:३७

काठमाण्डू, १० फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन । आज (आइतबार) गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन । उनले केही तत्वहरूले निर्वाचन...

चुनाव स्थगित गराउने प्रयास हुँदैछन्, अब हुनैपर्छः केपी ओली

२०८२ फागुन १० गते १३:२७

काठमाण्डू, १० फागुन–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने तर्क गरेका छन । एमाले अध्यक्ष ओलीले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गरेका छन । अध्यक्ष ओलीले कुनै अलमलमा नपरी...

गौरमा कर्फ्यु निरन्तर

२०८२ फागुन १० गते १३:१४

काठमाण्डू, १० फागुन– गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई जिल्ला प्रशासन कार्यालय रौतहटले निरन्तरता दिएको छ । आज ९आइतबार० बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म केही खुकुलो गरिए पनि अहिले कर्फ्युलाई पुनस् निरन्तरता दिइएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर...

होमवर्क सिकाउने बहानामा शिक्षकद्वारा छात्रामाथि बलात्कार

२०८२ फागुन १० गते १०:४१

खोटाङ, १० फागुन- आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ घर भएका वर्षीय एक शिक्षकले दिक्तेल इंलिस बोर्डिङ स्कुलकी १३ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती शिक्षकले ९...

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

२०८२ फागुन १० गते १०:३१

बैतडी, १० फागुन- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो ।  यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म...

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

२०८२ फागुन १० गते १०:२८

काठमाण्डू, १० फागुन- संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३१ मिनेटमा सङ्खुवासभाको भोटखोला गाउँपालिकाको रिताक आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै सूचना प्राप्त नभएको...

रास्वपा सुस्ता गाउँपालिका उपसभापतिले छाडे पार्टी

२०८२ फागुन ९ गते १९:०६

काठमाण्डू, ९ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले रास्वपा छाडेका छन । पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी...

चुनाव हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्योः एमाले

२०८२ फागुन ९ गते १८:४७

काठमाण्डू, ९ फागुन– एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको दाबी गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले यस्तो आरोप लगाएका हुन् । आफ्नो पक्षमा चुनाव नआउने भएपछि रास्वपाले यस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us