रास्वपा चुनाव परिचालन कमिटी सदस्य आचार्यद्वारा पार्टी परित्याग

काठमाण्डु टुडे २०८२ फागुन १० गते १४:२६ मा प्रकाशित

विदुर, १० फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नुवाकोट निवासी आचार्य स्थापनाकालदेखि नै रास्वपामा सक्रिय थिए । उनी रास्वपाको केन्द्रीय वित्त (मौद्रिक एवं पुँजीबजार) विभाग सदस्य थिए ।

आचार्यलाई रास्वपाले केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्यको समेत जिम्मेवारी दिएको थियो । आचार्यले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

आचार्यले पार्टी छाड्नुलाई पारवारिक कारण औंल्याएका छन् ।

यसअघि रास्वपा नुवाकोटका अर्का नेता अशोककुमार थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित भएको तथा नेतृत्वले संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाएको आरोप लगाउँदै पार्टी छाडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us