काठमाण्डू, २० पुस– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ । रास्वपाको मुख्यालय बनस्थलीमा केहि बेर अधि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुने उनले जानकारी दिए । पार्टी...
काठमाण्डू, २० पुस– प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन । अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् । उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा...
काठमाण्डू, २० पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन । कांग्रेस सभापति देउवाले आफ्नो निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएको देउवा निकट उच्च स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, २० पुस– पूर्व प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भेटवार्ता भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक आज उनीहरूबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटमा...
काठमाण्डू, २० पुस– चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रिय सभा...
काठमाण्डू, २० पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि एमाले ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघका केन्द्रीय...
काठमाण्डू, १९ पुस– एमालेले भेनेजुयलाका राष्ट्रपति निकोल मादुरोलाई अमेरिकी सेनाले निवासबाट नियन्त्रणमा लिएर लगेको विषयमा धारणा सार्वजनिक गरेको छ । महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाको उक्त कदमको निन्दा गरेका छन् । पोखरेलले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै...
काठमाण्डू, २० पुस– उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा...
काठमाण्डू, २० पुस– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि एमालेका नेता विष्णु रिजाल दैलेख–२ बाट सर्वाधिक मत सहित उम्मेदवार सिफारिस भएका छन् । एमालेको निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको शनिवार जम्बुकाँधमा सम्पन्न बैठकबाट रिजाल उम्मेदवारका लागि छनोट भएका हुन् । क्षेत्र...
काठमाण्डू,२० पुस– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत जान लागेका छन् । पार्टीको प्रवासी संगठनद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले एक महिनाअघि पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रचण्ड...
काठमाण्डू, १९ पुस–पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता बाबुराम भट्टराईले भेनेजुएलामाथिको सैनिक हमलाको निन्दा गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले भेनेजुयलामा हमला गरेको भन्दै अमेरिकाको भत्र्सना गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको चेतावनी दिइरहेका बेला शनिबार भेनेजुयलाको राजधानीमा लडाकु...
संखुवासभा, १९ पुस– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक पूर्ण रूपमा निर्वाचनमय भइसकेको दाबी गरेका छन् । संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबार पार्टी सम्वद्ध पत्रकार संस्था प्रेस सेन्टरले गरेको कार्यक्रममा उनले देश निर्वाचनमा होमिइसकेकाले पछि हटने अवस्था नरहेको स्पष्ट गरे । दलहरुले निर्वाचन आयोगमा...