विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय पक्राउ

काठमाण्डु टुडे २०८२ फागुन ८ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोध जुनैड र ४४ वर्षीय अफ्सन अमीर हुसेन शेख रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थलको आवगमन टनेल गेटबा उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो । विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us