काठमाण्डू, ८ फागुन– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु खेप्न परेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको पनि बताएका छन ।
‘यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन नहुने हो कि भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहेपनि अहिले हटेर गएको उनको भनाइ छ । मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि बताएका छन ।
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको बताए । खनालकाअनुसार भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने जिम्मेबारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताएका छन ।।