एमालेसहितको बृहत कम्युनिष्ट एकता हुनेछः प्रचण्ड

काठमाण्डु टुडे २०८२ फागुन १० गते २०:१८ मा प्रकाशित

काठमाण्डू, १० फागुन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसहित सबै कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहेको बताएका छन् ।

एमाले परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जन र कीर्तिपुर १६ का पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जनलाई मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गर्दै प्रचण्डले कम्युनिष्टहरु मिल्नुको विकल्प नरहेको बताए ।

कम्युनिष्ट आन्दोलनका सबै धाराबीच एकता र ध्रुवीकरणको विकल्प नरहेको प्रचण्डको भनाइ थियो । धेरै कम्युनिस्ट समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको बताउँदै उनले कुनै दिन सिंगो एमालेसहितको बृहत् एकतामा पुगिने दाबी गरे ।

देश इतिहासका अत्यन्त संकटपूर्ण अवस्थामा रहेकाले देशभक्त शक्तिहरु एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us