सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री

काठमाण्डु टुडे २०८२ फागुन १० गते १७:४८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको जानकारी दिए । उनले भने, ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् ।

बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन् ।’ उनका अनुसार १२ जिल्लाहरुमा अहिले निर्वाचन सामग्रीहरू लाने क्रम भइरहेको छ । त्यसपछि बाँकी रहेका २२ जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुग्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us