काठमाण्डू, १० फागुन– काठमाण्डूको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल रहेकी प्रहरीले जानकारी दिएको छ । जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा–४ ख ५७५४ नम्बरको बसबाट शनिबार दिउँसो उनी खसेकी थिइन् ।
उनको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।