समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

२०८३ असार २४ गते १३:०७

 काठमाण्डू, २४ असार– आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ०३ः ३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

एमाले सांसद राईको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

२०८३ असार २४ गते १३:०३

 काठमाण्डू, २४ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विवाद हुँदा...

सांसद राजेन्द्र राईलाई सभामुखले किन रोके बोल्न ?

२०८३ असार २४ गते १२:५८

 काठमाण्डू, २४ असार– आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद राजेन्द्र राईले बोल्न सुरु मात्र के गरेका थिए, सभामुख डोलप्रसाद अर्यालले भने, ‘माननीय सदस्य म तपाईंलाई त्यसभन्दा अगाडि नबढ्न निर्देशन दिन्छु ।’ सभामुख आफैंले समय दिएर किन रोके त सांसद राईलाई बोल्न ? सांसद...

राष्ट्रिय सभामा मन्त्रीको स्वीकारोक्ति : मूल्यवृद्धिमा बिचौलियाको प्रभाव छ

२०८३ असार २३ गते २३:०३

काठमाडौं- राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूले बजारमा भइरहेको मूल्यवृद्धिबारे उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरेकी छन् । प्रश्नोत्तरका क्रममा मन्त्रीले उत्पादकदेखि उपभोक्तासम्म वस्तु पुग्ने प्रक्रियामा बिचौलियाको प्रभावका कारण...

भुटानी शरणार्थी प्रकरण: टोपबहादुर दोषी ठहर, छोरा सन्दीपले पाए सफाइ

२०८३ असार २३ गते २२:५१

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी विभिन्न कसुरमा दोषी ठहर भएका छन् । तर, यही मुद्दामा सँगै प्रतिवादी बनाइएका उनका छोरा सन्दीप रायमाझीले भने अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलामा...

भुटानी शरणार्थी प्रकरण: बादल र टोपबहादुरका छोराविरुद्धको आरोप पुष्टि भएन

२०८३ असार २३ गते २२:४२

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आरोपबाट सफाइ दिएको छ । उनीहरूसहित सात जना अभियुक्तलाई अदालतले निर्दोष ठहर गरेको हो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको...

भुटानी शरणार्थी प्रकरणमा रायमाझी दोषी, खाँण मतियार ठहर

२०८३ असार २३ गते २२:३४

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,  कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका प्रतिवादीहरूको...

कर्णाली नदीमा बेपत्ता गाडीका एक यात्रुको शव कैलालीमा भेटियो, तीन जना अझै बेपत्ता

२०८३ असार २३ गते १९:४५

कैलाली- कर्णाली नदीमा दुर्घटना भएर बेपत्ता भएको गाडीमा सवार एक यात्रुको शव कैलालीमा फेला परेको छ । असार १८ गते दैलेखमा दुर्घटनापछि कर्णाली नदीमा खसेको गाडीका यात्रुमध्ये कालिकोटको पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरुवाको शव कैलालीको मोहन्याल गाउँपालिका–६ मा भेटिएको हो । प्रहरीका...

राष्ट्रियसभाले चार विधेयक विस्तृत छलफलका लागि समितिमा पठायो

२०८३ असार २३ गते १९:४२

काठमाण्डु– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चारवटा विधेयकलाई दफावार अध्ययन तथा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक,...

पर्वतमा प्रहरीको स्वीप अपरेसन, सामुदायिक वनबाट ६ थान अवैध भरुवा बन्दुक बरामद

२०८३ असार २३ गते १९:३९

पर्वत– पर्वत प्रहरीले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा सामुदायिक वनभित्र लुकाएर राखिएका ६ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मंगलबार पैयूँ गाउँपालिका–६ स्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा ती बन्दुक फेला परेका हुन्...

सुकुम्बासी महिलाका लागि पनि गृह मन्त्रालय माइती नै हो भन्ने सांसद् चन्दको प्रश्नमा गृहमन्त्री गुरुङको जवाफ

२०८३ असार २३ गते १९:३०

काठमाण्डु– राष्ट्रिय सभामा सुकुमवासी महिलाको अवस्थाबारे उठेको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रालय सबै महिलाका लागि खुला रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नेकपा सांसद रेणु चन्दले सुकुम्बासी विस्थापनपछि समस्यामा परेका महिलाले पनि गृहमन्त्रालयलाई माइती ठान्न सक्ने अवस्था छ कि छैन भनेर प्रश्न गरेकी...

सभामुखको बालेन लक्षित घोषणाः औपचारिक पोशाक नलगाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने, बैठक चलेका बेला हिंडन नपाइने

२०८३ असार २३ गते १९:१९

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले साउनदेखि औपचारिक पोशाक र लोगो नलगाउने सांसदलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकलाई त्यस्तो निर्देशन दिएका हुन् । सांसदहरू अर्मादित ढंगले प्रस्तुत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us