समाचार

प्रतिनिधिसभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कांग्रेसद्वारा सर्वोच्चमा रिट

२०८३ असार २५ गते १३:२८

काठमाण्डू, २५ असार– प्रतिपक्षी दल कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् । रिट निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी...

कैलालीमा करारका कर्मचारीले कुटे ल्याब इन्चार्ज, भिडियो सार्वजनिक भएपछि पक्राउ

२०८३ असार २५ गते १३:२१

काठमाण्डू, २५ असार– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्टलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ । तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत...

संविधान संशोधन बहसपत्र कार्यदलमा एमाले पनि सहभागी नहुने

२०८३ असार २५ गते १२:५०

काठमाण्डू, २५ असार– प्रतिपक्षी दल एमालेले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम साह संयोजक रहेको कार्यदलमा एमालेका तर्फबाट डा.भीष्म अधिकारी सहभागी हुँदै आएका थिए । तर, अब उक्त कार्यदलमा सहभागी नहुने निर्णय...

बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ

२०८३ असार २५ गते १२:४०

काठमाण्डू, २५ असार– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ गरेको छ । सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे । ‘विभिन्न तीन जनालाई पक्राउ गरेका छौं । उहाँहरुमाथि अनुसन्धान बढ्छ’, एसएसपी जबराले भने ।...

संसदमा आज पनि विपक्षीको विरोध

२०८३ असार २५ गते १२:३४

काठमाण्डू, २५ असार– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरुले अवरोध गरेका छन । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै मुद्दामा...

संसदमा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

२०८३ असार २५ गते १२:२९

काठमाण्डू, २५ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई अनुरोध गरेका छन । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् । निरन्तर एउटै विषयमा सबै विपक्षी...

भुटानी शरणार्थी प्रकरणमा कैयौँ व्यक्ति शंकाको घेरामा छन्, थप अनुसन्धान गरियोस्ः पूर्वगृहमन्त्री श्रेष्ठ

२०८३ असार २४ गते १८:१६

काठमाण्डू, २४ असार– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन । काठमाण्डू जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताएका...

कांग्रेसले विभाग नबनाउने, विभागको काम नीति प्रतिष्ठानले गर्ने

२०८३ असार २४ गते १६:१७

काठमाण्डू, २४ असार– कांग्रेसले विभाग गठन नगर्ने भएको छ । केन्द्रदेखि तल्लो तहसम्म विषयगत विभाग गठन गर्ने विगतको परम्परालाई कांग्रेसले तोडेको हो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले नै विभागले गर्ने कार्यहरु गर्ने सभापति गगन थापाले जानकारी गराए...

सरकार अधिनायकवादी र सर्वसत्तावादीको प्रतिविम्ब देखियोः एमाले सांसद अर्याल

२०८३ असार २४ गते १६:०५

काठमाण्डू, २४ असार– प्रतिपक्षी दल एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताएकी छन । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै एमाले सांसद अर्यालले यस्तो बताएकी हुन । उनले नयाँ सरकार बनेसँगै देशको राजनीतिक...

निजी क्षेत्रसँग प्रधानमन्त्रीः व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन

२०८३ असार २४ गते १५:३७

काठमाण्डू, २४ असार– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन । आज (बुधबार) नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिएका छन...

रास्वपा सांसद भन्छन्ः मधेशमा लोडसेडिङ सुरु भयो

२०८३ असार २४ गते १५:१६

काठमाण्डू, २४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले मधेशमा लोडसेडिङ सुरु भएको बताएका छन । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद यादवले यस्तो बताएका हुन । उनले भने, ‘म भर्खर आज १० बजे मधेशबाट काठमाण्डू आएको छु ।...

युरोपेली संघको हवाई सुरक्षासूचीबाट नेपाललाई हटाउन रास्वपा सांसद अधिकारीको माग

२०८३ असार २४ गते १४:४०

काठमाण्डू, २४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि युरोपेली संघको हवाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us