समाचार

संघीय प्रहरी विधेयकमाथि गहिरो छलफल गरौंः प्रचण्ड

२०८२ असार ११ गते १३:२१

काठमाण्डू, ११ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...

बागमती नदी किनारमा एक पुरुषको शव फेला

२०८२ असार ११ गते १३:१४

काठमाण्डू, ११ असार– बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । काठमाण्डूको दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले...

सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेनः हितराज पाण्डे

२०८२ असार ११ गते १३:१०

काठमाण्डू, ११ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको दाबी गरेका छन । आज (बुधबार) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले गम्भीर भएर लाग्न सरकारलाई आग्रह समेत...

रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु

२०८२ असार ११ गते १२:३२

काठमाण्डू, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर–१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १...

अदालतमा माधवको बयान सुरु

२०८२ असार ११ गते १२:२६

काठमाण्डू, ११ असार– बिशेष अदालतमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरु भएको छ । आज (बुधबार) बिशेष अदालतमा अध्यक्ष नेपाल उपस्थित भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो...

२ घण्टा पछि सर्‍यो एमाले सचिवालय बैठक

२०८२ असार ११ गते १२:२०

काठमाण्डू, ११ असार– आज (बुधबार) दिउँसो १ बजे बस्ने भनिएको एमालेको सचिवालय बैठक २ घण्टा पर सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव...

धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

२०८२ असार ११ गते १२:०९

काठमाण्डू, ११ असार– त्रिशूली नदीमा हाम फालेकी एक जना महिला बेपत्ता भएकी छन । धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको...

उमेरहद र दुई कार्यकालको सीमा हटाउन ओलीको जोडबल, सचिवालय बैठक बोलाए

२०८२ असार ११ गते १०:१०

काठमाण्डू, ११ असार– सत्तारुढ एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित मुख्यालयमा दिउँसो १ ०० बजे बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि,...

भ्रष्टाचार मुद्धामा प्रतिरक्षा रणनीति बनाउन माधव नेपालले बोलाइ पार्टी बैठक

२०८२ असार ११ गते १०:०४

काठमाण्डू, ११ असार– नेपाल एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १३ असारमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न अनुमति दिँदा भ्रष्टाचार गरेको आरोपमा...

शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु

२०८२ असार ११ गते ९:४८

रौतहट, ११ असार– रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर एक बालक र एक कालिकाको ज्यान गएको छ । स्थानीय जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साह र गरिमा साहका छोरा एक वर्षकै रञ्जे साहको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको...

एमाले कार्यालय अगाडिबाट मनोहरामा हामफाले युवक, सशस्त्र प्रहरीले ज्यान बचायो

२०८२ असार ११ गते ९:४१

ललितपुर, ११ असार– मनोहरा खोलामा हामफालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नुवाकोटका १८ वर्षीय आयुष बडाल बुधबार बिहान पौने ७ बजेतिर ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरामा हामफालेका थिए । च्यासलस्थित एमाले कार्यालयको सुरक्षार्थ तैनाथ टोलीले युवकको उद्धार गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता...

रुपन्देही–३ को उपनिर्वाचनमा खिमलाल भट्टराई एमालेबाट उम्मेदवार !

२०८२ असार १० गते १८:२०

काठमाण्डू, १० असार– सत्ता घटक दल एमालेले आगामी कार्तीकमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही–३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् । ०७९ को निर्वाचनमा भट्टराई रुपन्देही क्षेत्र नम्बर–५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us