काठमाण्डू, २६ असार– प्रतिपक्षी दल एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन ।
उनले भनिन्, ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन ।’
राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह समेत गरेकी छन । यो घटनाको छानबिन गर्न पनि उनले माग गरेकी छन ।