समाचार

सचिव पुष्कर अनिवार्य अवकाशमा

२०८३ असार २४ गते १४:२६

काठमाण्डू, २४ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन । सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सचिव पुष्कर अनिवार्य अवकाशमा गएका हुन् । निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका...

राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैनः नेकपा

२०८३ असार २४ गते १४:१९

काठमाण्डू, २४ असार– प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने तर्क गरेका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,...

पेस्तोल र गोलीसहित सुनसरीमा दुईजना पक्राउ

२०८३ असार २४ गते १४:१०

काठमाण्डू, २४ असार– प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ५१ वर्षीय नुर महम्मद र वडा–८ अशोक चोक बस्ने ३२ वर्षीय ईमरान खान भन्ने मो. अहमद रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई गएराति सुनसरीको...

रास्वपा सांसद पाण्डेको चेतावनीः मुहान क्षेत्रका स्थानीयले मेलम्चीको पानी नपाए आपूर्ति ठप्प पार्छौं

२०८३ असार २४ गते १४:०३

काठमाण्डू, २४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाण्डूतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । आज (बुधबार) पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन । उनले...

मेसीले लेखे विश्वकप इतिहासकै अर्को अविश्वसनीय अध्याय

२०८३ असार २४ गते १३:५२

काठमाण्डू, २४ असार– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका आँखा रसाइरहेका थिए । फिफा विश्वकप अन्तर्गत एटलान्टा स्टेडियममा भएको खेलमा बीच मैदानमा उनी आफ्ना टोलीका खेलाडीहरूको काँधमा टाउको राखेर भक्कानिएका थिए । केही मिनेटअघिसम्म ती आँसु विश्वकपबाट दर्दनाक बिदाइका हुन सक्थे । तर खेल सकिँदासम्म तिनै...

मेसीले लेखे विश्वकप इतिहासकै अर्को अविश्वसनीय अध्याय

२०८३ असार २४ गते १३:५०

काठमाण्डू, २४ असार– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका आँखा रसाइरहेका थिए । फिफा विश्वकप अन्तर्गत एटलान्टा स्टेडियममा भएको खेलमा बीच मैदानमा उनी आफ्ना टोलीका खेलाडीहरूको काँधमा टाउको राखेर भक्कानिएका थिए । केही मिनेटअघिसम्म ती आँसु विश्वकपबाट दर्दनाक बिदाइका हुन सक्थे । तर खेल सकिँदासम्म तिनै...

हर्कको गुनासोः मेरो ज्यान लिने र घर जलाइदिने भनेकाविरुद्ध उजुरी दिएँ तर पक्राउ परेनन्

२०८३ असार २४ गते १३:२६

काठमाण्डू, २४ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले आफूलाई ज्यान लिने र घर जालइदिने धम्की दिएकाहरूलाई साइबल ब्युरोमा उजुरी दिए पनि पक्राउ नपरेको भन्दै गुनासो व्यक्त गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले सो...

चारदिने भ्रमणका लागि चीन पुगे रास्वपा सांसद अमरेश सिंह

२०८३ असार २४ गते १३:२२

काठमाण्डू, २४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह चीन भ्रमणमा निस्किएका छन् । पार्टीको नेतृत्वसँग असन्तुष्ट भइरहेका बेला उनी चारदिने भ्रमणको लागि चीन प्रस्थान गरेका हुन । आज (बुधबार) चीन प्रस्थान गरेका उनी शनिबार फर्किने जानकारी उनीनिकट स्रोतले दिएको...

हर्क साम्पाङले संसदमा फेरि देखाए प्ले कार्ड

२०८३ असार २४ गते १३:१७

काठमाण्डू, २४ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद्‍मा फेरि प्ले कार्ड देखाएका छन । विगतमा पनि उनले विभिन्न माग राख्दा प्ले कार्ड देखाउँदै आएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे ।...

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

२०८३ असार २४ गते १३:१३

काठमाण्डू, २४ असार– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने तयारी गरीएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण...

मन्त्रिपरिषद्को बैठक बस्दै

२०८३ असार २४ गते १३:०७

 काठमाण्डू, २४ असार– आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ०३ः ३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

एमाले सांसद राईको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

२०८३ असार २४ गते १३:०३

 काठमाण्डू, २४ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विवाद हुँदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us