समाचार

प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध !

२०८२ असार ९ गते १९:२२

काठमाण्डू, ९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थलमा क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिवन्ध लगाएको छ । होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै नगरपालिकाले यी खेललाई प्रतिबन्ध लगाएको जनाएको छ ।...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

२०८२ असार ९ गते १८:३८

काठमाण्डू, ९ असार– ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा।लि।बिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका...

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

२०८२ असार ९ गते १८:०२

काठमाण्डू, ९ असार–जनता समाजवादी पार्टी (जसपा) ले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । जसपाको शुक्रबार र शनिबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकार असफल भएको निस्कर्षसहित समर्थन फिर्ताको निर्णय लिएको हो । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिन...

अभिनेता अनमोल केसी र चलचित्र फर्की फर्कीको सिंगो टिमविरुद्ध अदालतमा मुद्दा दायर

२०८२ असार ९ गते १७:५०

काठमाण्डू, ९ असार– साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोपमा अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर गरेका छन् । श्रेष्ठले आज (सोमबार) वारेसमार्फत अदालतमा दिएको रिट निवेदनमा फिल्ममा आफूले प्रयोग गर्ने मोबाइल नम्बर अवैधानिक रूपमा...

‘ग्रे लिस्ट’बाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस्ः ज्ञानबहादुर शाही

२०८२ असार ९ गते १६:१६

काठमाण्डू, ९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ‘ग्रे लिस्ट’बाट बाहिर ननिस्कने दाबी गरेका छन । आज (सोमबार) बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउन सुनको दर रेट बढाएको भनेर...

सरकारले प्लास्टिक झोला नियन्त्रण गर्ने

२०८२ असार ९ गते १५:५४

काठमाण्डू, ९ असार– सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यसअघि निर्माण भएका प्लास्टिक...

ओली सरकार असफल रहेको जसपा नेपालको ठहर

२०८२ असार ९ गते १५:५०

काठमाण्डू, ९ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपा...

जसपा नेपालले ओली सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने

२०८२ असार ९ गते १५:२८

काठमाण्डू, ९ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपा...

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

२०८२ असार ९ गते १५:०८

काठमाण्डू, ९ असार– उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाण्डूको त्रिवि शिक्षण अस्पतालमा निधन...

बजेटको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप

२०८२ असार ९ गते १४:४५

काठमाण्डू, ९ असार– सत्ता घटक दल एमालेले आगामी आर्थिक वर्ष (०८२–०८३) को बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ । प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको छ । त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।...

गण्डकीमा माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

२०८२ असार ९ गते १४:३५

काठमाण्डू, ९ असार– आज (सोमबार) बसेको गण्डकी प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले आज बजेट पुस्तिका च्यातेका हुन् ।...

इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन्ः परराष्ट्रमन्त्री राणा

२०८२ असार ९ गते १४:३०

काठमाण्डू, ९ असार– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने कामग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us