समाचार

इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित

२०८२ फागुन २५ गते १६:५५

काठमाण्डू, २५ फागुन– इलाम–१ मा कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । उनले १३ हजार ९१२ मतसहित विजयी हुन सफल भएका हुन । राईका निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ४९३ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा...

रास्वपाको सरकारलाई सघाउन तयार छौंः रामकुमारी

२०८२ फागुन २५ गते १६:२१

काठमाण्डू, २५ फागुन– राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने आगामी सरकारलाई पूर्ण रुपमा सघाउन आफूहरू तयार रहेको बताएकी छन । आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य झाँक्रीले यस्तो बताएकी हुन...

एमाले उपाध्यक्ष पौडेलको अपिलः नीति, नेतृत्व र कार्यशैली फेरौं

२०८२ फागुन २५ गते १६:१२

काठमाण्डू, २५ फागुन– एमाले उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलले एमालेको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनःगठन गर्न अपिल गरेका छन् । रुपन्देही–२ मा एमालेको तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज (सोमबार) विज्ञप्तिमार्फत यस्तो बताएका हुन । एमाले उपाध्यक्ष पौडेलले विगतमा पार्टीका...

रविको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

२०८२ फागुन २५ गते १६:०६

काठमाण्डू, २५ फागुन– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (सोमबार) न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल...

बूढानीलकण्ठमा एक पुरुष मृत फेला

२०८२ फागुन २५ गते १५:५९

काठमाण्डू, २५ फागुन– काठमाण्डूको बूढानीलकण्ठमा एक पुरुष मृत अवस्थामा भेटिएका छन । बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

शपथ समारोहमा ढिलो पुगिन् रामकुमारी, एक्लै लिइन् शपथ

२०८२ फागुन २५ गते १५:५४

काठमाण्डू, २५ फागुन– गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण आज (सोमबार) भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा...

गठबन्धन सरकारले अपेक्षा अनुसार काम नगर्दा चुनावी परिणाम अनपेक्षितः चन्द्र भण्डारी

२०८२ फागुन २५ गते १५:४९

काठमाण्डू, २५ फागुन– कांग्रेस नेता डा. चन्द्र भण्डारीले कांग्रेस–एमाले गठबन्धन सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढ्दै गएको स्विकार गरेका छन । जसले जेनजी विद्रोह जन्माएर अहिले निर्वाचन भएर पनि परिणाम पनि अनपेक्षित रूपमा आएको पनि उनले बताएका छन । आज (सोमबार)...

महोत्तरीमा २० हजार मत बदर

२०८२ फागुन २५ गते १५:३९

काठमाण्डू, २५ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो । क्षेत्रगत रूपमा महोत्तरीको निर्वाचन...

खाडीमा रहेका ५४ हजार नेपालीले टिपाए विवरण

२०८२ फागुन २५ गते १५:३२

काठमाण्डू, २५ फागुन– पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले आफ्नो विवरण टिपाएका छन । पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबार साँझसम्ममा ५४ हजार ७ सय ८६ जना नेपालीले आफ्नो विवरण दर्ता...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

२०८२ फागुन २५ गते १५:२६

काठमाण्डू, २५ फागुन– माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज (सोमबार) आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहबीच राष्ट्रिय...

गौरादहका मेयर सुवेदीमाथि हातपात

२०८२ फागुन २५ गते १५:२०

काठमाण्डू, २५ फागुन– झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन । प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै...

धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

२०८२ फागुन २५ गते १५:१३

काठमाण्डू, २५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ । साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । निर्वाचन आयोगले कालोसूचीमा परेकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us