समाचार

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

२०८२ फागुन २५ गते १२:२४

काठमाण्डू, २५ फागुन– आज (सोमबार) नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय...

अछाम-२ बाट बालेनका स्वकीय सचिव शाह पराजित

२०८२ फागुन २५ गते ४:५९

अछाम, २५ फागुन- अछाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पूर्वस्वकीय सचिव भूपदेव शाह पराजित भएका छन् । शाह एमालेका यज्ञबहादुर बोगटीसँग पराजित भएका हुन् । बोगटी ९ हजार ५ सय १८ मतसहित विजयी हुँदा शाहले ४...

नुवाकोट-१ मा रास्वपाका तिमिल्सिनासँग पूर्वअर्थमन्त्री महत पराजित

२०८२ फागुन २५ गते ४:४७

नुवाकोट, २६ फागुन- नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता डा. प्रकाशशरण महत पराजित भएका छन् । महत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनासँग पराजित भएका हुन् । तिमिल्सिना २२ हजार ६ सय ९ मतसहित निर्वाचित हुँदा कांग्रेसका महतले...

सुनसरी-२ बाट रास्वपाका थापा विजयी

२०८२ फागुन २४ गते २०:०२

काठमाण्डू, २४ फागुन- सुनसरी क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थापा ५७ हजार ३ सय ४८ मत पाएर वियजी भएका हुन् । थापाका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत पाए ।...

एमाले परित्याग गरी एमालेकै सचिवलाई हराएका ध्रुवराज

२०८२ फागुन २४ गते १९:५५

भोजपुर, २४ फागुन- भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् । नेकपा ९एमाले० मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी...

धनुषा–२ मा रास्वपाका राम विनोद यादव विजयी

२०८२ फागुन २४ गते १८:३७

काठमाण्डू, २४ फागुन– धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत प्रप्त गर्दै विजयी हुन सफल भएका हुन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गर्न सफल...

निर्वाचन सुशासन कायम गराउन सफल भएका छौँः गृहमन्त्री अर्याल

२०८२ फागुन २४ गते १६:५४

काठमाण्डू, २४ फागुन– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताएका छन । आज (आइबार) निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आयोजित निर्वाचन सुरक्षा समीक्षापछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन...

धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

२०८२ फागुन २४ गते १६:३८

काठमाण्डू, २४ फागुन– निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय भएको छ । आयोगको निर्णयअनुसार आजै धनुषा–१ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले जानकारी दिए । आयोगले यही फागुन १८ गते धनुषा– १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

निर्वाचन सम्पन्न हुनु जनता र संविधानको जितः प्रधानमन्त्री कार्की

२०८२ फागुन २४ गते १६:२५

काठमाण्डू, २४ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जित भएको बताएकी छन । आज (आइतबार) ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले...

सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छः हर्क साम्पाङ

२०८२ फागुन २४ गते १६:२३

काठमाण्डू, २४ फागुन– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन । सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व...

जितपछि हर्कलाई बालेन्द्रले भने: धेरै ‘माया’

२०८२ फागुन २४ गते १६:०८

काठमाण्डू, २४ फागुन– सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हर्क साम्पाङलाई झापा क्षेत्र नम्बर ५ बाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा विजयी भएका बालेन्द्र शाहले बधाईसहित माया व्यक्त गरेका छन । सामाजिक सञ्जालमार्फत साम्पाङको जितप्रति प्रतिक्रिया दिँदै शाहले उनको स्टाटसमा लेखेका छन्, ‘तपाईंलाई सधैं माया...

जाँचबुझ आयोगका अध्यक्ष भन्छन्ः ‘गोली हान्ने र हान्न लगाउनेलाई कारबाहीको सिफारिस गरेका छौँ’

२०८२ फागुन २४ गते १५:५९

काठमाण्डू, २४ फागुन– गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ मा काठमाडौँको बानेश्वर लगायतको क्षेत्रमा जेनजी किशोरहरूमाथि गोली प्रहार गर्ने र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us