काठमाण्डू, २६ फागुन– रुकुम पश्चिमको सानो भेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन । मृत भेटिनेमा बाफिकोट गाउँपालिका–३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरीि पुनले जानकारी दिएका छन...
काठमाण्डू, २६ फागुन– देशको संघीय राजधानी काठमाण्डूमा पछिल्ला दिनमा वायु प्रदूषण बढ्ने क्रम जारी । दिउँसो १ बजेको मापन अनुसार काठमाण्डू विश्वकै वायु प्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा परेको छ । पछिल्लो समयमा काठमाण्डू उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा...
काठमाण्डू, २६ फागुन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको बताएका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन । उनले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै...
काठमाण्डू, २६ फागुन– संखुवासभामा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित हुन सफल भएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो भएका छन । कांग्रेसका दिपनकुमार श्रेष्ठले...
काठमाण्डू, २६ फागुन– भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री तोब्गेले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई समेत...
काठमाण्डू, २६ फागुन– कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि भएको छ । गत (मंगलबार) होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्दै प्रहरीमा...
काठमाण्डू, २६ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बैतडीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत प्रप्त गरेको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको...
काठमाण्डू, २६ फागुन– कांग्रेसका नेता डा. चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई अनुरोध गरेका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’ समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो...
काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन ।...
काठमाण्डू, २५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । गत २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ । ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो । यो संख्या गणना...
काठमाण्डू, २५ फागुन– काठमाण्डू उपत्यकाको वातावरण पछिल्ला दुई–तीन दिनयता धुम्म रहेको छ । उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन । बेलाबेला केही ठाउँमा सिमसिमे वर्षा पनि हुन्छ, अन्य ठाउँमा पानी पर्लापर्ला जस्तो पनि देखिन्छ । तर, ठुलो वर्षा भने हुन...
काठमाण्डू, २५ फागुन– गोरखा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत...