रवि–बालेनलाई बधाई दिँदै राप्रपाले भन्योः भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्

काठमाण्डु टुडे २०८२ फागुन २६ गते ११:०५ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन ।

उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ । यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्, त्यो पश्चाताप देशले थेग्न सक्ने छैन– रास्वपालाई बधाई, रबीजीलाई बधाई, बालेनजीलाई बधाई ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us