काठमाण्डू, २५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । गत २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ ।
९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो । यो संख्या गणना भइसकेको कूल सदर मतको ३.१९ प्रतिशत हो ।
प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।