काठमाण्डू, २६ फागुन– संखुवासभामा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित हुन सफल भएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो भएका छन । कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेर तेस्रो भए ।
यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरिन् । नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् ।
कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उनलाई राजनीतिमा फरक पृष्ठभूमिबाट आएको, विकासकेन्द्रित र अन्तर्राष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वका रूपमा हेरिन्छ ।