रास्वपालाई बैतडीमा प्रत्यक्षभन्दा समानुपातिक धेरै मत

काठमाण्डु टुडे २०८२ फागुन २६ गते ११:२९ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

बैतडीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत प्रप्त गरेको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए । यस्तै नेकपा एमालेले १६ हजार ४९ मत ल्याएको छ । एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षभन्दा कम मत ल्याएको छ ।

प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्रप्त गरेका थिए । समानुपातिकतर्फ नेपाली कांग्रेस तेस्रो भएको छ ।

कांग्रेसले १५ हजार ९०७ मत ल्याएको छ । प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत ल्याएका थिए । समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ हजार ३३५ मत ल्याएको छ । नेकपाले पनि प्रत्यक्षको भन्दा समानुपातिकतर्फ कम मत ल्याएको छ ।

प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ ।

राप्रपाले प्रत्यक्षको भन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us