धनुषा–१ को निर्वाचन विवादमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ ।

साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । निर्वाचन आयोगले कालोसूचीमा परेकाले योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले साहको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उम्मेदवार साह सर्वोच्च अदालत गएको थाह पाएपछि निर्वाचन आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us