शपथ समारोहमा ढिलो पुगिन् रामकुमारी, एक्लै लिइन् शपथ

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १५:५४ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण आज (सोमबार) भएको छ ।

सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २स्१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो ।

१५ मिनेट ढिलो पुगिकी रामकुमारीले पछि एक्लै शपथ ग्रहण गरिन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us