समाचार

ओली परिवारलाई समवेदना व्यक्त गर्न गुण्डु पुगिन प्रधानमन्त्री

२०८२ चैत १ गते १५:४५

काठमाण्डू, १ चैत– प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले गुन्डु भक्तपुरस्थित निवासमा पुगेर पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको निधनमा शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । प्रधानमन्त्री कार्की र उनका श्रीमान दुर्गा सुवेदी...

कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम

२०८२ चैत १ गते १५:३९

काठमाण्डू, १ चैत– कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ । आज (आइतबार) बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन । आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६,...

ओलीलाई समवेदना दिन गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

२०८२ चैत १ गते १४:५२

काठमाण्डू, १ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन् । दिउँसो १२ बजेतिर पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् । पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको भण्डारीको सचिवालयले जनाएको छ । ओलीका बुबा मोहनप्रसादको...

‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भन्दै माइतीघरमा प्रदर्शन

२०८२ चैत १ गते १४:४३

काठमाण्डू, १ चैत– जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज (आइतबार) जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन । उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

२०८२ चैत १ गते १४:३२

काठमाण्डू, १ चैत– कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक...

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

२०८२ चैत १ गते १४:२४

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आज (आइतबार) बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिएका छन । झाका अनुसार...

बालेनलाई दलको नेता बनाउन रास्वपाले केन्द्रीय समितिमार्फत विधान संशोधन गर्ने

२०८२ चैत १ गते १४:१७

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई दलको नेता चयन गर्न पार्टीभित्र आन्तरिक अनौपचारिक रूपमा छलफल जारी छ । रास्वपाका प्रवक्ता मनिष झाले चाँडै केन्द्रीय समिति बैठक बसेर विधान संशोधन गरी शाहलाई संसदीय दलको...

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

२०८२ चैत १ गते १३:०९

काठमाण्डू, १ चैत– अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आइपुगेका छन । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिएका छन । ‘भुटान हुँदै ड्रुक एयरको उडान मार्फत काठमाण्डू आइपुगेका भोवेल ३ दिनसम्म नेपालमा बस्ने बताइएको...

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

२०८२ चैत १ गते १२:५७

काठमाण्डू, १ चैत– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा बिस्तारै पूर्वतार्फ सर्दै आएको छ । पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा,...

रास्वपाको भर्चुअल केन्द्रीय सचिवालय बैठक सुरु

२०८२ चैत १ गते १२:५२

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । स्वास्थ्य अवस्थाका कारण बैठकमा सभापति रवि लामिछाने उपस्थित हुन नसकेपछि भर्चुअल बैठक बसेको हो। आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने रास्वपाले...

शोकको घडीमा नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति बन्द गरौंः एमाले उपमहासचिव भट्टराई

२०८२ चैत १ गते १२:४७

काठमाण्डू, १ चैत– एमालेका महासचिव योगेश भट्टराईले पार्टीभित्र फैलिरहेको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि बन्द गर्न अनुरोध गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एमाले उपमहासचिव भट्टराइले पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पार्टी सचिवालय...

बालेनले गरे ‘पीएमफरनेपाल’ नामको जिमेल अकाउन्ट अपडेट

२०८२ चैत १ गते १२:२९

काठमाण्डू, १ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन् । बालेन्द्रको फेसबुकमा ‘[email protected]’ नामको जिमेल अकान्ट अपडेट भएको देख्न सकिन्छ । उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us