काठमाण्डू, २९ फागुन– कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ । चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन । कांग्रेस प्रवक्ता चालिसेले...
काठमाण्डू, २९ फागुन– निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ । यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको...
काठमाण्डू, २९ फागुन– बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् । भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
काठमाण्डू, २९ फागुन– पछिल्लो केही दिनयता काठमाण्डू उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्ने क्रम जारी छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ । बिहीबार...
काठमाण्डू, २९ फागुन– प्रहरीले अनुचित लेनदेनमा संलग्न आरोपमा शान्ति तिवारीलाई पक्राउ गरेको छ । नवलपरासी (सुस्ता पूर्व) घर भई हाल काठमाण्डू बस्ने ५३ वर्षीया तिवारीलाई शान्ति नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । अनुचित लेनदेन सम्बन्धी कसुर...
काठमाण्डू, २९ फागुन– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाँएका छन । बिहीबार उनले आयोगमा पेस गरिएको विवरणमा...
काठमाण्डू, २९ फागुन– सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ । एक निर्दोष किशोरीमाथि गरिएको क्रूर अपराधले समग्र समाजलाई स्तब्ध बनाएको भन्दै तरुण दलले आम नागरिकमा गहिरो आक्रोश पैदा...
काठमाण्डू, २९ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले मोहनप्रसादको असमायिक निधनले दुःखी तुल्याएको बताएका छन् । साथै, यस कठिन घडीमा...
काठमाण्डू, २९ फागुन– हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर...
काठमाण्डू, २९ फागुन– धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारको क्रममा निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको छिमेकी देश भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचार भइरहेको थियो । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर रोगको...
काठमाण्डू, २९ फागुन– प्रतिनिधिसभा निर्वाचनमा धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि रास्वपाका किशोरी साहले दायर रिटमा सुनुवाइ सकिएको छ । आज (शुक्रबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९...
काठमाण्डू, २९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो । अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न...